अध्यक्षको भनाई
पछिल्लो समय नवीनतम संचार माध्यमका रुपमा अनलाइन संचार माध्यमहरु थपिने क्रम बढ्दो छ ।
यसरी थपिने संचार माध्यममा जोडिने स्वरोजगार तथा श्रमजीवी पत्रकारहरुको संख्या पनि दिनानुदिन उत्तिकै मात्रामा बढिरहेको छ ।
यसरी सञ्चालनमा आएका संचारमाध्यम र तिनमा कार्यरत पत्रकारहरुले छिनछिनमा समाचार अपडेट गर्दै आ-आफ्नो क्षमताअनुसारको जिम्मेवारी पूरा गरिरहेका छन् ।
अनलाइन पत्रकार संघ गण्डकीले यस क्षेत्रबाट सञ्चालित अनलाइनमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि गराउँदै जिम्मेवार पत्रकारितामा अग्रसर गराउन विभिन्न तालिम, सेमिनार, अन्तर्क्रिया लगायतका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
वर्तमान समितिको कार्यकालमा प्रयोगात्मक तालिम, सेमिनार र अन्तर्क्रिया जस्ता उपयोगी कार्यक्रमहरु सञ्चालनमा रहनेछन् । यसका लागि म सिंगो कार्यसमितिको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु ।
हाम्रो यो प्रयासमा तपाईं र तपाईंको संस्थागत सहयोगको अपेक्षा गर्दै रचनात्मक प्रतिक्रियाको आशा गर्दछु ।