अनलाइन पत्रकार संघ गण्डकीले स्वास्थ्य सामग्री वितरण गर्न सुरु गरेको छ । मंगलबार पोखरामा एक कार्यक्रमकाबिच गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर कार्यक्रम सुरुवात गरिएको अध्यक्ष गणेश बरालले जानकारी गराए ।
मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मार्फत अनलाइन पत्रकारहरुलाई लक्षित गरेर सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको उनले बताए ।
२०७६ माघ १४ गते विधिवत दर्ता भई स्थापित संघले कोरोना महामारीका कारण हालसम्म औपचारिक रुपमा कार्यक्रम गर्न नसकेको बताउँदै आगामी दिनमा अनलाइन मिडियाको हितमा कार्यक्रम गरिने उनले बताए ।
कार्यक्रमको विषयमा प्रकाश पार्दै संघका सल्लाहकार केशव पाठकले पोखरा १७ निवासी हाल बेलायत रहेका इन्द्र घोतानेको सहयोगमा आफूहरुले स्वास्थ्य सामाग्री वितरण गरेको बताए । उनले घोतानेले संघलाई ९१ हजार रुपैयाँ सहयोग गरेको जानकारी गराए । कोरोना संक्रमण भई २५ दिनको दिन निको भएर काममा फर्केका घोतानेले पोखराका पत्रकारलाई सहयोग गर्न चाहेको र सोहि बमोजिम अनलाइन पत्रकार संघ मार्फत कार्यक्रमको आयोजना गरिएको पाठकले बताए ।
“दोश्रो जिवन पछि सहयोग गर्ने अवसर जुट्यो”–इन्द्र घोताने, युके
समाजसेवी इन्द्र घोतानेले आफ्नो दोश्रो जिवन पछि सहयोग गर्ने अवसर जुटेको बताउनुभएको छ । कोभिड १९ को सक्रमण पछि २५ दिन सधन उपचार कक्षमा र ३० दिन अस्पताल विताएर घर फर्किए पछि कुरा गर्दै सबैको माया, सदभाव र आर्शिवादले आफूले कोभिड–१९ लाई जित्न सकेको बताउनुभयो । विदेशमा रहेर पनि समाजसेवा मार्फत दुःखी, असहायलाई सहयोग गर्न रुचाउने घोतानेले अनलाइन पत्रकारहरुलाई कोभिड–१९ को महामारीमा समेत आफ्नो सक्रियतामा रकम संकलन गरी सहयोग गर्न पाउँदा निकै खुसी लागेको धारणा अघि सार्दै सवै सहयोगी मनहरुलाई आभार समेत व्यक्त गर्नुभयो । “कोभिड १९ को महामारीको समयमा समेत अनलाइनमा कार्यरत पत्रकारहरुले जोखिमका साथ काम गर्नु भएको छ”, उहाँले भन्नुभयो–“यो सानो सहयोगले उहाँहरुको हौसला बढ्ने छ ।”
उहाँको नेतृत्वमा सहयोग गर्नेहरुमा ईन्द्र घोथाने, नन्दजंग गुरुङ, तमु धी एसोसियसन युके अध्यक्ष, महासचिब, क्वोने घोथाने घोन्डे गुरुङ्ग परिवार यूके, अनररी ल्याटन चन्द्र तथा बिमला गुरुङ्ग, अध्यक्ष, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, पुनम गुरुङ्ग, अध्यक्ष, एन.आर.एन.यूके, भिम महेन्द्र गुरुङ्ग, अध्यक्ष हंगकंग नेपाली मंच, यूके, शिब गुरुङ्ग, अध्यक्ष, तमु समाज यूके, शान्त गुरुङ्ग, एन आर.एन.यूके सल्लाहकार, नारायण गुरुङ्ग, क्वोने घोताने, घोन्डे गुरुङ्ग यूके परिवार सल्लाहकार, क्यापटेन नारायण गुरुङ्ग तथा चन्द्र कुमारी गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार चेलीबेटी उपप्रमुख, धना पुन गुरुङ्ग, लण्डन, दुर्गा गुरुङ्ग, अध्यक्ष, बेजिङ्गस्टोक गुरुङ्ग समाज यूके, नारदमणि गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके सस्थापक उपाध्यक्ष रहनुभएको छ ।
त्यसै गरी सहयोग गर्नेहरुमा कुमार गुरुङ्ग, अध्यक्ष, सहारा यूके, राचेल गुरुङ्ग (राजु )क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके चेलीबेटी प्रमुख, कृष्ण गुरुङ, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके सल्लाहकार, हेरी गुरुङ्ग, एन आर एन यूके कार्यसमिति सदस्य, बोहत गुरुङ्ग, कोषाअध्यक्ष, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, कुसांङ्ग गुरुङ्ग, उपाध्यक्ष सहारा यूके, हरि गोविन्द गुरुङ्ग, बरिष्ठ सल्लाहकार, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, धनकाजी गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, क्यापटेन पिताम्बर गुरुङ्ग, उपाध्यक्ष क्वोंने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, ईन्द्र नारायण गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, धनु पुरन थकाली, महासचिब, सहारा यूके, अतित गुरुङ्ग, लण्डन, नर बहादुर गुरुङ्ग, लण्डन रहनुभएको छ ।