पोखरा, २ वैशाख । पोखरा । पोखराका अनलाइन पत्रकारका लागि ३ दिने अनलाइन पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा भएको तालिमको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले उद्घाटन गरे ।
पोखराको साइमन पार्टी प्यालेसमा सञ्चालित तालिममा अनलाइन पत्रकार संघ गण्डकीका सदस्य एवं अनलाइन पत्रकारिता गरिरहेकाहरु सहभागी रहेको संघका अध्यक्ष गणेश बरालले जानकारी दिए ।
तालिममा प्रेस काउन्सिल नेपालबाट पत्रकार आचारसंहिताका सम्बन्धमा रामशरण बोहरा, तथ्य जाँच र अनलाईन पत्रकारिताका विषयमा दिपक अधिकारी, कण्टेण्ट राइटिङका विषयमा भरत कोइराला र डिजिटल जर्नालिज्मका विषयमा केशवशरण लामिछानेका छुट्टाछुट्टै सेसनहरु रहने संघका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिए ।